सोनमा गाउँपालिकामा शिक्षकले उक्साएपछी विद्यार्थीले गरे आन्दोलन , प्रहरी र विद्यार्थी घाइते
9 महीना पहिले प्रकाशित
(2080-05-19 B.S.)
18763 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , भदौ १९ गते
महोत्तरीको सोनमा गाउँपालिकामा भएको शिक्षक सरुवाको विषयलाई लिएर विद्यार्थीहरु आन्दोलित भएका छन् । गाउँपालिकाले गरेको शिक्षक सरुवाको विरुद्धमा मंगलबार श्री सरस्वती जनता मा.वि सोनमा -२ का विद्यार्थीहरुले आक्रोशित हुदै पालिकामा चर्को विरोध प्रदर्शन गरेका हुन् ।
शिक्षक सरुवा हुनु भएन , राम्रो पढाइ दे , खानेपानीको व्यवस्था गर , शौचालयको सरसफाई गर लगायत विभिन्न नाराबाजी गर्दै सयौं विद्यार्थीहरुले चर्को प्रदर्शन गरेका छन् ।
शिक्षकले उक्साएपछी आन्दोलन गर्न बाध्य भएको सोही विद्यालयका कक्षा८ मा अध्ययनरत विद्यार्थी अहमद राजाले बताएका छन् । उनले भने , "तेज नारायण मण्डल, शत्रुधन यादव र सिकिन्दर सरले हामीलाई आन्दोलन गर्न उक्साएको हो । यी तिन ओटै सरले हाम्रो विद्यालयमा अध्यापनसँगै ट्युसन र कोचिंग पढाउँछन् । त्यहि मनसायले अर्को ठाउँमा जान नमानेर हामीलाई आन्दोलन गर भनेका थिए । हामीले आज शान्तिपूर्ण आन्दोलन गर्न आएका थियौ तर पालिकामा गापा अध्यक्षको आदेशमा एक विद्यार्थीलाइ ताल्चाले टाउको फुटाइदिए पछी आन्दोलन चर्कियो ।"
आन्दोलनमा गाउँपालिकाको भवन ,गाउँपालिका अध्यक्ष चढ्ने गाडी , खैरबन्नी सशस्त्र प्रहरीको गाडी तोडफोड भएको छ । त्यस्तै २ वटा निजि प्लेटको मोटरसाइकल विद्यार्थीहरुले जलाएर नष्ट पारेका छन् ।
आन्दोलनको क्रममा ४ जना विद्यार्थी र ६ जना प्रहरी घाइते भएका छन् । सशस्त्र प्रहरीका जवान प्रकाशको टाउको फुटेको छ भने जनपदका फुलगेन मण्डल , सशस्त्र प्रहरी सौजलसहित ६ जना प्रहरी घाइते भएका छन् ।
आन्दोलनमा प्रहरी र विद्यार्थीबीच झडप हुँदा प्रहरीले १३ राउण्ड अश्रु ग्यास प्रहार गरेका थिए भने विद्यार्थी लगायत जनसमुदायले ढुंगामुढा प्रहार गरेका थिए । यस क्रममा प्रहरीले ४ जना गैर विद्यार्थी र २ जना विद्यार्थीलाई नियन्त्रणमा समेत लिएए इलाका प्रहरी कार्यालय गौशालामा ल्याइएको छ ।
यस समबन्धमा पालिकाका अध्यक्ष विशेश्वोर प्रसाद यादवले अहिले शिक्षक सरुवा नगरेको बताए । उनले भने, "हामीले चर्चा मात्र चलाएका थियौं । विद्यार्थीहरु शान्तिपूर्ण रुपमा आन्दोलन गर्न आए तर यो आन्दोलनमा केहि हाम्रो विपक्षीहरुले घुसपेठ गरि शान्तिपूर्ण आन्दोलनलाइ क्रान्तिको रुप दिए । घुसपेठ गर्ने जोकोही भएपनि उनीहरुमाथि हामी मुद्दा चलाउने छौ ।"
पुर्व गा.पा अध्यक्ष राजकुमार यादवले हालको गाउँपालिका अध्यक्ष विशेश्वर प्रसाद यादवले अराजकता गर्दै मनपरि ढंगले शिक्षक सरुवा गरेको बताए । राम्रो राम्रो शिक्षक आफ्नो गाउँतिर र नराम्रो शिक्षक यताको गाउँमा सरुवा गरेको आरोप उनले लगाए । आन्दोलनमा प्रहरीको प्रयोग गरि सानो सानो विद्यार्थीलाई कुटपिट गरेकोप्रति घोर भत्सर्ना गर्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग समेत उनले गरेका छन् ।
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
2 दिन पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
6 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..
7 दिन पहिले
महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा
निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..
9 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
2 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह
निरन्जन कुमार साहमहोत्तरी , बैशाख २५ गते नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको ..
12 दिन पहिले
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..
निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..
14 दिन पहिले
मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..
18 दिन पहिले
सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..
21 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै च..
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरक..
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवा..
कमेन्ट गर्नुहोस्
view comments