सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 महीना पहिले प्रकाशित
(2080-11-08 B.S.)
291 पटक देखिएको
ममता शर्मा , महोत्तरी ।
महोत्तरीको बर्दिबासमा सुर्तीजन्य पदार्थको नियन्त्रण तथा नियमन सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजना बर्दिबासको गौतम होटलमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवनबाट मानिसमा पर्ने नकारात्मक असर , नियन्त्रण र नियमनमा देखिएका समस्याहरु , स्थानीय तहको भुमिका लगायतका विषयमा अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य दिदै जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले सुर्तीजन्य पदार्थको नियन्त्रण एवं नियमनमा स्थानिय तह लगायत संचारकर्मीको अहम् भुमिका रहने बताए । उनले भने , "स्थानीय सरकार चासोपुर्ण रुपले कार्य तथा निरीक्षण गर्न आवश्यक छ । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको प्रयोग भइरहेको जानकारी प्राप्त भएमा प्रहरी प्रशासनलाई जानकारी गराउनुपर्दछ ।"
साथै उनले सुर्तीजन्य पदार्थको सेवन गर्नाले नसर्ने रोग क्यान्सर जस्तो ठुलो रोगको सिकार हुनपर्ने र सार्वजनिक स्थानमा यसको प्रयोग तथा सुर्तीजन्य पदार्थको उत्पादन एवं वितरणमा कानुन उलघंन गरेमा कानुन बमोजिम कार्वाही हुने र एक लाख सम्मको जरिवाना हुनसक्ने जानकारी दिए ।
धूम्रपान तथा सुर्ती सेवन गर्नाले हृदयाघात, क्यान्सर जस्ता रोग निम्तिने र फोक्सो र श्वासप्रश्वास सम्बन्धी समस्या सिर्जना हुने लगायत विभिन्न समस्याहरु सिर्जना हुने भएकोले यसलाइ नियन्त्रण गर्न आवश्यक रहेको र त्यसको लागि विद्यालय , अभिभावक , शिक्षा तथा स्वास्थ्य कार्यालय लगायत संचार क्षेत्र सचेतना जगाउनु आवश्यक रहेको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
अहिलेको परिस्थितिमा पनि युवा, महिला तथा बालबालिकाहरु यसको कुलतमा परेकाले उनिहरुलाई सुर्तीजन्य पदार्थको प्रयोगबाट बचाउन, धूम्रपान तथा सुर्ती सेवनले आर्थिक, सामाजिक र सांस्कृतिक रुपमा पर्ने नकारात्मक असर, नियन्त्रणका नागरिक समाज र स्थानिय सरकारले गर्नु पर्ने प्रयास , सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई न्यूनीकरण गर्ने बारेमा उत्पादन, विक्री वितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण गर्ने बारेमा जानकारी प्रदान गरिएको छ ।
कार्यक्रममा जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र , स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि ,सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपाने , जिल्ला स्वास्थ्य कार्यालय प्रमुख , एकडारा गाउँपालिका , महोत्तरी गाउँपालिका , रामगोपालपुर नगरपालिका , बर्दिवास नगरपालिका , औरही नगरपालिका , भंगहा नगरपालिका र गौशाला नगरपालिकाका स्वास्थ्य शाखाका प्रतिनिधिहरु लगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
2 दिन पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
6 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..
7 दिन पहिले
महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा
निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..
9 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
2 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह
निरन्जन कुमार साहमहोत्तरी , बैशाख २५ गते नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको ..
12 दिन पहिले
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..
निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..
14 दिन पहिले
मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..
18 दिन पहिले
सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..
21 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै च..
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरक..
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवा..
कमेन्ट गर्नुहोस्
view comments