गौशालामा १०० बेडको अस्पताल बनाउने अठोट गरेको छु : नगर प्रमुख महतो
3 महीना पहिले प्रकाशित
(2080-11-14 B.S.)
335 पटक देखिएको
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १४ गते
महोतरीको गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले १०० बेड सम्मको अस्पताल बनाउने अठोट रहेको बताएका छन् । उनले गौशाला नगरपालिकामा १०० बेडको अस्पताल आफ्नो कार्यकालमा निर्माण गर्ने योजना अनुसार कार्य गर्ने जानकारी दिए ।
सोमबार गौशाला नगरपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेडको अस्पतालको छत ढलान कार्यको अनुगमन नगर प्रमुखले गरेका छन् । सो क्रममा नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रमा १५ बेड सहितको सुविधा प्रदान गर्ने भवन निर्माण हुन गईरहेकोमा त्यसलाई १०० बेड सम्मको सुविधा सम्पन्न अस्पताल बनाउने उद्देश्य रहेको बताए ।
महोत्तरी जिल्लाकै दोश्रो शहरको रुपमा रहेको गौशालामा आफ्नै कार्यकालमा १०० बेडको अस्पताल निर्माण गरि जनसमुदायलाई सहज रुपमा स्वास्थ्य सुविधा प्रदान गरिने योजना रहेको उनले बताए । यहाँ कोशौ टाढाबाट मानिसहरु वा सेवाग्राहीहरु आउने गर्दछन् , उनले भने , “जनसमुदायको सहजता लागि प्रसुती गृह सहितको सुविधा सम्पन्न अस्पताल बनाउने लक्ष्य राखेको छु । म एउटा डाक्टरको नाताले कम्तिमा स्वास्थ्य क्षेत्रमा राम्रो विकास गर्नु मेरो प्रमुख दायित्व हो । यहाँ विकासको नाममा धेरैले जनतालाई ठगेका छन् । तर म जनतालाई विकास गरेर देखाउने छु । देशमा १५ बेड सम्मको अस्पताल प्रत्येक पालिकामा लागु गरीएपनि कतिपय पालिकामा अहिले सुरुवात पनि भएको छैन । तर गौशाला नगरपालिकामा भवन निर्माणको क्रममा आज पहिलो तल्लाको छत ढलान भएको छ । म निकै खुसि पनि छु ।”
साथै नगर प्रमुख महतोले प्राथमिक स्वास्थ्य केन्द्रको सो परियोजना २ वर्ष भित्रमा सम्पन्न भइ संचालन हुने जानकारी दिए ।
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
1 दिन पहिले
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरकारका मन्त्री तथा नेकपा माओवादी पार्टीको संसदीय दलका नेत..
5 दिन पहिले
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवादी केन्द्रले मधेश प्रदेशका मुख्य मन्त्री सरोज कुमार यादव..
6 दिन पहिले
महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा
निरन्जन कुमार साह महोत्तरी , बैशाख २८ गते महोत्तरीको बलवा नगरपालिका पूर्ण खोप पालिका घोषणा भएको छ । शुक्रबार एक क..
8 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै चोरीको बिगबिगी बढेको छ । शुक्रबार दिउँसै लाखौको गरगहना रू..
1 दिन पहिले
संसदीय दलका नेता साहले बुझाए ध्यानाकर्षण पत्र
महोत्तरी , बैशाख २८ गते नेकपा माओवादी पार्टीका संसदीय दलका नेता तथा मन्त्री भरत प्रसाद साहले मधेश प्रदेश सरकारला..
9 दिन पहिले
देश निर्माणको लागि चौतर्फी विकास हुनुपर्छ : मन्त्री साह
निरन्जन कुमार साहमहोत्तरी , बैशाख २५ गते नेकपा माओवादी पार्टीका नेता तथा मन्त्री भरत प्रसाद साहले देश निर्माणको ..
12 दिन पहिले
नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान बर्दिवासम..
निरन्जन कुमार साह महोत्तरी , बैशाख २३ गते महोत्तरीको बर्दिवास स्थित रहेको नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्र..
13 दिन पहिले
मिटरव्याज पिडितद्वारा गौशालाको इलाका प्रहरी कार्यालय घ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १९ गते महोत्तरीको गौशालामा मिटरव्याज पीडितहरुले प्रदर्शन गर्दै इलाका प्र..
18 दिन पहिले
सहमति अनुसार मन्त्रीमण्डल विस्तार नभएको भन्दै मन्त्री ..
निरन्जन कुमार साह महोत्तरी , बैशाख १६ गते नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका संसदीय दलका नेता तथा विनाविभागी..
20 दिन पहिले
गौशालामा इलाका प्रहरी कार्यालयको नजिककै ठाउँमा भयो चोर..
निरन्जन कुमार साह गौशाला , जेठ ४ गते गौशालामा दिनदहाडै च..
शिक्षा बलियो बनाउन भौतिक पूर्वाधार हुनुपर्छ : मन्त्री सा..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३१ गते मधेश प्रदेश सरक..
माओवादी केन्द्रले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता ल..
निरन्जन कुमार साह महोत्तरी , बैशाख ३० गते नेकपा माओवा..
कमेन्ट गर्नुहोस्
view comments