अभिनेत्री तन्वी जैसलको भोजपुरी फिल्ममा छुट्टै नाम, आउदो जन्मदिनको शुभकामना

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-३-१९ गते   १६८३ पटक हेरिएको

असार १९ 

अमरेस कुमार पाण्डेय

भोजपुरी फिल्म क्षेत्रमा छुट्टै नाम भएकी अभिनेत्री तन्वी जैसल दिन प्रतिदिन फरक फरक किसिमकोका काम गर्दै अगाडी बढी रहेकि छिन्। अभिनेत्री जैसलले करिब  चौध फिल्महरुमा काम गरिसकेकि छिन। उनले  दिल आसिकाना, कसम मोहाब्बतका, या अलि, बजरंगबलि, गौरीशंकर, ई कईसन मोहाब्बत, तीन देवि लगायतका फिल्महरुमा काम गरेकी छिन। भोजपुरी फिल्म अभिनेता मनोज आर पाण्डे, प्रमोद प्रेमी, यादव प्रदिप पाण्डे, जस्तो अभिनेताहरू संग काम गरिसकेकी छिन। उनको अहिले धेरै छिटो नयाँ फिल्महरूको उदघाटण हुदैछ भन्ने बारेमा अभिनेत्री जैसलले बारा दैनिकका पत्रकार कृष्ण गुप्ता लाई बताएकि छिन।

भोजपुरी फिल्मको ठुला ठुला अभिनेताहरू खेशारी लाल यादव, रितेश पाण्डे, पवन सिंह, दिनेश लाल यादव (निरहुवा), राकेश मिश्रा लगायतका संग पनि काम गर्छु भने बताएकी छिन। पत्रकार गुप्ता संग कुरा अन्तरबार्ता गर्ने क्रममा आफ्नो जन्म दिनको पनि सम्झना गर्दै चर्चा गरेकी थिइन्।

आउदो २०२१ जुलाई ४ तारिखका दिन अभिनेत्री जैसलले आफ्नो जन्म दिन मनाउने तयारीमा लागेको बताइ। सोहि अवसरमा पत्रकार गुप्ताले पनि उनको जन्म दिनको सुभकामना दिएका हुन्। अभिनेत्री जैसल धेरै मिहनेती भएकोले तीन वर्षमा नै निकै चर्चित बनेकी छिन। अभिनेत्री जैसल ईन्डिया को बनारसका रहेकी छिन र बनारसकै महादेव नगर काशीमा उनि अध्ययन अध्यापन गरेकी बताइन।

उनि सानै देखिको सपना लाइ सकार गर्दै भोजपुरी फिल्ममा अभिनेत्रीको रुपमा काम गरेर हालमा उनी धेरै फिल्म हरूमा काम रहेकी छिन। अहिले पनि उनलाई सपना छ कि भोजपुरी फिल्ममा काम गरेर भोजपुरी प्रति निष्ठा पुर्वक समर्पित हुदै आफ्नो संस्कृति लाइ बचाउ अनि मात्र आफ्नो जीवनको सार्थकता पाउछु भनेको उनि आफ्नो धर्ना राखेकी थिइन्।

अन्त:अभिनेत्री जैसल लाइ बारा दैनिक न्यूज परिवार तथा बारा दैनिकका पत्रकार कृष्ण गुप्ताको तर्फ बाट जन्मदिनको धेरै धेरै शुभकामना रहेको ज्ञापन गरिएको छ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech