बि.एस.पी.नेपालद्वारा गौशाला न.पा.लाइ स्वास्थ्य सामग्री प्रदान

निरन्जन साह    प्रकाशित: २०७८-३-२७ गते   १४२० पटक हेरिएको

असार २७ ,गौशाला

बि.एस.पी.नेपाल,काठमाडौंले गौशाला नगरपालिकालाइ कोभिड सम्बन्धि स्वास्थ्य सामग्री प्रदान गरेको छ  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणको लागि नगरपालिकालाइ पीपीई १०० पिस प्रदान गरिएको छ 

आज गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतो तथा उपप्रमुख आशा लामा र प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्रजंग थापाले संयुक्त रुपमा सो स्वास्थ्य सामग्री लिनुभएको हो 

कोभिडको महामारीमा संक्रमित व्यक्तिहरुलाई जाच उपचार गर्नको लागि स्वास्थ्यकर्मीहरुको सुरक्षाको लागि बि.एस.पी.नेपालले पीपीई १०० पिस सहयोग गरेको हो  

यस्तो स्वास्थ्य सामग्री प्रदान गरेर सहयोग गरेकोमा नगरप्रमुख तथा उपप्रमुख सो संस्थालाइ धन्यवाद ज्ञापन गरेका छन्   

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech