गौशाला नगरपालिका अन्तर्गत बालि बिज्ञानको परिक्षामा विद्यालयको लेखापालमाथि चलखेलरहेको आरोप (video सहित)

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-४-३० गते   ४७३४ पटक हेरिएको

गौशाला ,श्रावन ३०

महोत्तरीको गौशाला नगरपालिका वडा न.१२ कान्तिबाजरमा रहेका श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारमा बालि बिज्ञान बिषयको सहायक प्रशिक्षक पदको लागि २०७८-०१-२१ गतेको बिज्ञापन अनुसार ४ जनाले आवेदन फर्म भरेका थिए

 

फर्म भर्नेमा गौशाला नगरपालिका १ निवासी मधुकर श्रेष्ठ ,कमलामाइ नगरपालिका -५ सिन्धुलीको आस्मा ढकाल ,गौशाला नगरपालिका १२ निवासी विजय सिंह र धनगढीमाइ नगरपालिका १३ सिरहा बाट रोजिना महतो हुन् आवेदन फर्म भरेको अनुसार आज मिति २०७८ साल श्रावन ३० गते गौशाला त्रिभुवन उच्च मा.वि. मा मौखिक र लिखित परिक्षा सम्पन्न भएको छ 

उक्त परिक्षा लिनको लागि शिक्षक छनौट समितिका संयोजक योगेन्द्र प्रसाद साह ,गौशाला नगरपालिकाका शिक्षा अधिकृत संजय सिंह ,गौशाला नगरपालिका शिक्षा शाखाका कर्मचारी पुरुषोत्तम अधिकारि ,कृषि ज्ञान केन्द्र धनुषाबाट प्रदिप कुमार यादव ,मिथिला नगरपालिकाको बालि बिज्ञान विशेषज्ञ उमेश कुमार महतो ,श्री राष्ट्रिय माध्यमिक विद्यालय कान्तिबजारका प्रधानाध्यापक देवी प्रसाद घिमिरेको उपस्थितिमा उक्त परिक्षा सम्पन्न भएको थियो

                                                

परिक्षामा असफल भएका क्यान्डीडेटहरुले गौशाला त्रिभुवन उच्च मा.वि.का लेखापाल कौशल  महतोले   चलखेल गरि  आफन्त रोजिना महतोलाइ उक्त परिक्षामा सफल गराएको लेखापालमाथि आरोप लागेको छ परिक्षा समितिभन्दा बाहेकका व्यक्ति (लेखापाल )परिक्षामा जानु र परिक्षाको करिब १५/२० मिनेट अगाडी रोजिना महतोलाई भेट गरि मोवाइलको माध्यमले प्रश्न पत्र उपलब्ध गराएको  क्यान्डीडेटहरुको भनाइ रहेको छ  

                

त्यस्तै गौशाला एकेडेमीका संचालक सरोज सिंहका अनुसार लेखापाल कौशल महतोले प्रश्न पत्र आउट गरेको प्रमाण आफु संग भएको बताएका छन्

 

 

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech