भदौ १९ ,गौशाला
गौशाला नगरपालिका वडा न.११ मा एकिकृत अखिल नेपाल शिक्षक संघ द्वारा आयोजित स्वागत तथा सम्मान कार्यक्रम समपन्न भएको छ ।
उक्त कार्यक्रमको अध्यक्ष जगदेव ठाकुर रहेका थिए भने प्रमुख अतिथि आन्तरिक मामिला तथा संचार मन्त्री भरत प्रसाद साह ,नेपाल शिक्षक संघ महोत्तरी जिल्लाका जिल्ला अध्यक्ष राम उमेश यादव लगायत सम्पूर्ण शिक्षक शिक्षिका उपस्थित रहेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि मन्त्रि साहलाइ दोसल्ला ओढाई सम्मान गरिएको थियो । त्यस्तै सम्पूर्ण शिक्षकहरुले शिक्षा सम्बन्धि अनेक समस्याहरु राख्दै भौतिक बिकास र शिक्षा अन्तर्गत रहेका समस्याहरुको समाधानको अपेक्षा राख्दै आ-आफ्ना मन्तव्य राखेका थिए ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि मन्त्रि साहले सबैको दुख र गुनासोलाइ अनुसरण गरि भने "यो जन्मभुमि नै मेरो जन्म भुमि हो । सकेसम्म यो क्षेत्र र प्रदेशलाइ हरेक क्षेत्रमा बिकास गर्दै जनतलाइ सुख र सम्वृद्धि तर्फ लैजाने छु । सामुदायिक विद्यालयहरुमा शिक्षाको अवस्था दयनीय भएकोले सो क्षेत्रमा पनि हाम्रो पहल हुने छ । तपाइँहरु नआतिनुहोस् म जनताको लागि नै नेता बनेको छु । जनताको बिकासको लागि नै म सदैब आफ्नो पाइला अगाडी बढाउने छु ।"
सामुदायिक विद्यालयहरुमा विद्यार्थीलाइ पढ्ने मनोबल वृद्धि होस् भनेर साइकल वितरण कार्यक्रमलाइ व्यापक बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।