बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७७-१-२६ गते   ९६४७ पटक हेरिएको

काठमाडौं ।प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिनआग्रह गरे ।

बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने बताए । 

ुनागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,ु भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै । सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।ु

साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।

उनले भने, ुयसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech