धर्मेन्द्र कुमार यादव
महोत्तरी
आफ्नो कला संस्कृतीलाइ जिवित राख्ने सोच राखी अगाडि बढेका गौशाला साहित्य समाज द्वारा गौशालामा शनिवार मासिक कवि गोष्टी सम्पन्न भएको छ।
श्री लक्ष्मी सिंह मेमोरियल इंग्लिश बोर्डिङ स्कुलमा भएको कवि गोष्टीमा गौशाला साहित्य समाजका अध्यक्ष मोहन महतो कोइरीको अध्यक्ष्ता रहेको थियो ।
कार्यक्रमा कवी रबिन्द्र यादव, धर्मेन्द्र कुमार यादवले "महिला हिंसाके सिकार" मोहन महतो, सुर्य लामा, मो. अली, लालबाबु शर्मा पोखरेल, शिवम कुमार साह, प्रकाश दियाली, कमल कुमार साह, संगिता कुमारी सिंह , रोहन कुमार ठाकुर, सुदिप कुमार यादव लगायत दर्जनौ कवीहरुले कविता बाचन गरेका थिए। कार्यक्रममा कवीहरुले रचना मार्फत देश बिकासको स्थिती दर्साएका थिए।