गौशालामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको भवनको उद्घाटन कार्यक्रम सम्पन्न 

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-१०-५ गते   ४४१५ पटक हेरिएको

ममता शर्मा 
गौशाला ,माघ ५ गते 

महोत्तरीको गौशाला नगरपालिकामा आधारभूत स्वास्थ्य सेवा केन्द्रको नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। बुधबार गौशाला नगरपालिकाका नगर प्रमुख शिवनाथ महतोले रिबन काटेर भवनको उद्घाटन गरेका छन् ।
जनसमुदायमा सहज रुपमा स्वास्थ्य सेवा सरल तरिकाले प्रवाह गर्ने उद्देश्य राखी गौशाला बजार स्थित आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरिएको छ ।
कार्यक्रममा नगर प्रमुख शिवनाथ महतो ,उपप्रमुख आशा लामा ,वडा न.५ का वडा अध्यक्ष धर्मेन्द्र साह ,नगरका प्रवक्ता भोजबहादुर दर्लामी , प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र जंग थापा , स्वास्थ्य स्वयंसेवक लगायत स्थानीय जनसमुदायको सहभागिता रहेको थियो ।


नवनिर्मित भवनको उद्घाटन गर्दै नगर प्रमुख शिवनाथ महतोले गौशाला नगरपालिकाले हरेक तवरले जनसमुदायको स्वास्थ्य सहजताको प्रयास गर्दी आइरहेको र आगामी दिनमा पनि स्वास्थ्य सम्बन्धि मात्र नभएर विकासका हरेक पूर्वाधारको प्रगतिको लागि नगरले उल्लेख्य कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech