माघ २०
महोत्तरीको औरही नगरपालिकाका नगर प्रमुख सुनिल यादवलाइ शिक्षक महासंघले ज्ञापन पत्र बुझाएको छ ।
जिल्लाको औरही नगरपालिकाका शिक्षक महासंघका सहायक गोपाल यादवको नेतृत्वमा नगर प्रमुखलाइ ज्ञापन पत्र बुझाइएको जनाइएको छ । नगरपालिकाभित्रका विभिन्न विद्यालयमा रहेका बाल विकास शिक्षिका ,कार्यालय संस्थापक र कार्यालय सहयोगीहरुले नेपाल सरकार र स्थानीय सरकारबाट पाउनु पर्ने पारिश्रमिक नपाएको गुनासो गर्दै ज्ञापन पत्र बुझाइएको छ । अध्यापनका निम्ति अहोरात्र खटि रहेका शिक्षकहरुले पाउनु पर्ने पारिश्रमिक नपाउनु दुखद कुरा रहेको विज्ञप्तिमा उल्लेख रहेको छ । "अति न्यून पारिश्रमिकमा जीवन यापन गर्नुपर्ने बाध्यता र विवशतामा पर्न सक्ने भानुक पक्षले अवश्य पनि नकारात्मक असर पर्न सक्ने छ ।" विज्ञप्तिमा भनिएको छ ।

स्थानीय सरकारबाट पाएको आश्वासनले सिमा पार गरेकोले स्थानीय सरकारको अन्तिम कार्यकालको अवस्थामा नेपाल सरकारबाट स्थानीय सरकारलाई भइ आएको आदेश अनुसारको सेवा सुबिधा तथा पारिश्रमिक उपलब्ध गराउन अनुरोध गरिएको छ । साथै माग पुरा नभएमा कठोर भन्दा कठोर आन्दोलनका चरण घोषणा गर्ने चेतावनी समेत दिइएको छ