गौशालामा इन्डो -नेपाल फुल कन्ट्र्याक्ट ईन्टरनेशनल कराते प्रतियोगिता संचालन हुने  

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-१०-२३ गते   ६१५१ पटक हेरिएको

ममता शर्मा 

गौशाला ,माघ २३ 

महोत्तरीमा तेश्रो इन्डो -नेपाल फुल कन्ट्र्याक्ट ईन्टरनेशनल कराते प्रतियोगिता संचालन हुने भएको छ ।

जिल्लाको गौशाला नगरपालिका वडा न . ५ स्थित रहेको कवर्ड हलमा बैशाख महिनामा संचालन हुने भएको छ ।

ईन्टरनेशनल क्युकोसिनकाइ कराते संघ द्वारा २०० जना खेलाडीको सहभागीतामा प्रतियोगिता हुने छ जसमा भारतको राजस्थान, मध्य प्रदेश, गाेहाठी, नागाल्याण्ड, त्रिरपुरा, आगारा, मुम्बई गोरखपुर लगायत विभिन्न ठाउँहरूकाे खेलाडीहरुको सहभागिता गराउने योजना रहेकाे छ । बाहिरबाट आएका खेलाडीहरुलाई बर्दिवास स्थित सुबिधा सम्पन्न होटलमा राखिने  संघका प्रदेश अध्यक्ष सन्जिव चौधरीले एक पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

त्यस्तै प्रतियोगितामा प्रथम हुनेलाई गोल्ड मेडल, दाेस्राे, तेस्रो र चाैथाे हुनेलाई चाँदीको मेडल , नगद पुरस्कार र प्रमाण-पत्र समेत दिने जनाइएको  छ ।

कार्यक्रमको जम्मा  लागत २० लाख रहेको अध्यक्ष चौधरीले जानकरी दिएका छन ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech