नविन यादव
सप्तरी ,माघ २७
तिलाठी कोईलाडी गाँउपालिकाको श्री लक्ष्मी वल्लभ नरसिंह माध्यमिक विद्यालय बभनगमाकट्टीमा अभिभावकले कार्यालयमा तालाबन्दी गरेका छ्न।
करार र दरबन्दी पदपूर्तिको लागि गोप्य तरिकाले बिज्ञापन प्रक्रिया अपनाउने काम गरेपछि बिहिवार अभिभावकले तालाबन्दी गरेका हुन।
"करार र दरबन्दी पदपूर्तिको विज्ञापन प्रकाशन गर्ने समय माघ २३ गते रहेको थियो । कसैलाई थाहै नदिने गरि २६ गते नै सार्वजनिक गरेको थियो। त्यति नै होईन, विज्ञापनमा चलानी नम्बर नै छैन" अभिभावक उपेन्द्र यादवले भनेका छन् ।
गाउँपालिकाका शिक्षा संयोजक राजेश झाले राजविराजको वातावरण पत्रिकामा समेत बिज्ञापन प्रकाशित गरेको जानकारी दिएका छ्न, तर सो पत्रीकामा बिज्ञापन प्रकाशित नभएको अभिभावक यादवले बताए ।