सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२ हुदै ,नेपालबाट अवार्ड सर्लाहीका वीरवंश बैठालाई 

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७८-१०-२९ गते   ५६३० पटक हेरिएको

ममता शर्मा  

गौशाला ,फाल्गुन १ 
नेपालमा सार्क क्षेत्रीय प्रतिभा पुरस्कार र सांस्कृतिक शिखर सम्मेलन-२०२२" आयोजना हुन लागेको छ ।

काठमाडौंमा फेब्रुअरी वा मार्च २०२२ मा यो कार्यक्रम वल्र्ड बुक अफ स्टार रेकर्ड्स र भारतको वैकल्पिक चिकित्सा पद्दति विकास संस्थाले आयोजना गर्न लागेको श्री आधुनिक  राष्ट्रित मा.वि.हेटौडाका प्रधानाध्यापक बिरबंस बैठाले जानकारी दिएका छन् । साथै उनि सार्क क्षेत्रीय प्रतिभा पुरस्कारको अवार्डको लागि सर्लाहीबाट चयन भएको समेत उनले जानकारी गराए  ।

उनले भने , “यो प्याकेज कार्यक्रम हो ।यो फेब्रुअरी वा मार्च २०२२मा काठमाडौंमा आयोजना हुन लागेको छ । यो अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम हो । यसमा विभिन्न विभिन्न सांस्कृतिक गतिविधि हुन्छ ।"

त्यस्तै उनले यस कार्यक्रममा आफ्नो आगामी अन्तर्राष्ट्रिय पुस्तक "शून्य से शिखर - नोबेल म्यान इन्स्पायर्ड स्टोरी" पनि सार्वजनिक गर्ने जानकारी दिए ।

सार्क दक्षिण एसियाली देशहरूको समूह हो । जसमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका समेटिएका छन् ।

यी सबै देशहरु सहित यो अवार्ड समारोह र सांस्कृतिक शिखर सम्मेलन मनाउने बैठाले बताएका छन् ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech