विश्व प्रेस स्वतन्त्रता दिवस, यसरी मनाइयो

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१-२० गते   १९२६ पटक हेरिएको

ममता शर्मा

नेपाल पत्रकार संघ महोत्तरी द्वारा विश्व प्रेस स्वतन्त्रता दिवस मनाईएको छ । संघको कार्यालय जलेश्वर स्थित शुभकामना आदानप्रदान गरि दिवस मनाइएको छ ।

संघका उपाध्यक्ष हेम कुमारी बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी पत्रकार रवीन्द्र उप्रेती लगायत जिल्लाका विभिन्न संचार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

पत्रकारको स्वतन्त्रताको आधार सिर्जना गर्न सम्पूर्ण पत्रकार एकजुट भएर अगाडि बढ्नुपर्ने प्रमुख अतिथि रवीन्द्र उप्रेतीले बताउनुभयो ।

त्यस्तै संघका उपाध्यक्ष हेम कुमारी बरालले पत्रकारहरुको विचमा रहेको आपसी विभेद ,मनमुटावलाई अन्त्य गरि समाजको लागि आफ्नो दायित्व पूरा गर्नुपर्ने धारणा राख्नु भयो ।

आफ्नो हतियार कलम माथी कसैलाई पनि अंकुश लगाउन अवसर प्रदान नहोस भन्ने उद्देश्य राखेर आफ्नो स्वतन्त्रता कायम आफैबाट राख्नु पर्ने बताउनु भयो ।

बिगतमा भएका विभिन्न नराम्रो घटनालाई विर्सेर आपसी समन्वय कायम गरि आगामी दिनमा एकअर्काको परिपुरक भइ अगाडि बढ्न समेत उहाँले अनुरोध गर्नु भयो ।

पत्रकारको स्वतन्त्रताको अधिकार सुनिश्चित गर्न निर्वाध रुपमा पत्रकारले आअफ्नो कर्तव्य  पूरा गरेमा मात्र यो लागू हुन सक्ने उहाँले दावी गर्नुभयो ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech