औरहीमा चोरी भएको ईलेक्ट्रोनिक्स समानहरु वरामद

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१-२२ गते   २७७३ पटक हेरिएको

गौशाला

महोत्तरीको औरही नगरपालिकामा चोरी भएको सरसमानहरु वेवारिसे अवस्थामा फेला परेका छन ।

बिहिबार औरही नगरपालिका वडा १ स्थित २ वटा बोरामा  ईलेक्ट्रोनिक्स सामानहरु वरामद भएका हुन्।

ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक रन्जन मिश्रले दिएको जानकारीको अनुसार सो समानहरु केही महिना अगाडि गौशालास्थित मिथिलान्चल कम्प्युटर सेन्टरबाट चोरी भएको समानहरु हुन सक्ने आंकलन गरिएको छ ।

सो समानहरुको सम्बन्धमा सुक्ष्म रुपमा अनुसन्धान भईरहेको मिश्रले जानकारी दिएका छन्।

केही दिन अगाडि प्रहरीले चोरीको सामानसहित औरही बजारमा संचालित प्रिन्स मोवाईल एण्ड मर्मत सेन्टरका संचालक दिनेश साहलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको थियो ।

त्यसपछि पहिलो पटक भारीमात्रामा चोरीको सरसमानहरु वरामद भएको प्रहरीले जनाएको छ ।

 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech