युरोपियनका राजदूत नोना र संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१-२९ गते   ४२८५ पटक हेरिएको

ममता शर्मा

बैशाख, २९

युरोपियनका राजदूत नोना र संचारकर्मीहरु संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गत वैशाख २० गते जनकपुरस्थित रामा होटलको सभाकक्षमा युरोपियन युनियनको आयोजना तथा आड्रा नेपाल, अक्सफाम, भिएसओ, सामुदायिक विकास पैरवी मञ्च नेपाल बर्दिवास महोत्तरी र सामुदायिक विकास केन्द्र रौतहटको सहकार्यमा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रिया कार्यक्रममा नेपालस्थित युरोपियनका राजदूत नोना डेप्रेज, ईयूका राजनीतिक अधिकारी लिसा शाफ्रिक, ईयूका वरिष्ठ कार्यक्रम प्रबन्धक रञ्जनप्रकाश श्रेष्ठलगायत आद्र नेपाल, अक्सफाम, भिएसओ, आरडिसी नेपाल, सिडिएएफएनका प्रमुख तथा प्रतिनिधिहरु र स्थानीय सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राजनीति क्षेत्रमा महिलाको सहभागीको अवस्थाको बारेमा छलफल भएको थियो । त्यस्तै पत्रकारिता गर्ने क्रममा पत्रकारहरुले भोग्नु परेको चुनौती ,अवसर ,समस्याहरुको बारेमा उहाँहरुले जानकारी लिनुभएको थियो ।

धेरै क्षेत्रहरु छन जसमा महिलाहरुको पँहुच शुन्य छ। त्यसलाई उकास्नको लागि के कस्तो अवसर महिलाहरुलाई प्रदान हुनुपर्ने भन्ने बारेमा छलफल भएको थियो। संक्षिप्त्त रुपमा राखीएको सो प्रेस मिटमा मधेस प्रदेशका पत्रकारहरुको गतिविधिहरुको बारेमा उहाँहरुले जानकारी लिनुभएको थियो।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech