बैशाख, २९
चोरीको मोटरसाइकलसहित पर्सा जिल्लाबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार वीरगञ्ज महानगरपालिका– ११ का २० वर्षीय आकाश गिरीलाई चोरीको मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
बारा जिल्लाको बिश्रामपुर गाउँपालिका–५ का लंकेश्वर गुप्ताको ना ३३ प ७१३८ नम्बरको मोटरसाईकल बैशाख १७ गते राती वीरगञ्ज–८ माईस्थान अगाडिबाट चोरी भएको थियो ।
पार्किङ गरी राखिएको मोटरसाइकलको ताल्चा तोडेर चोरी गरेका गिरीलाई जिल्ला प्रहरीबाट खटेको नियमित चेकिङ टोलीले वीरगञ्ज– ११बाट नियन्त्रमा लिएको जनाएको छ । गिरीमाथि चोरी मुद्दामा कारवाही गर्न म्याद थप गरी अनुसन्धान जारी रहने प्रहरीले जनाएको छ ।