गौशाला
महोत्तरीको गौशाला नगरपालिकामा माओवादी पार्टीले खाता खोलेको छ । वडा न. ८ बेल्गाछीको वडा अध्यक्ष भोज बहादुर दर्लामी पुनः निर्वाचित भएका छन् । दर्लामी यस अघिको चुनावमा पनि वडा न.८ को वडा अध्यक्षमा निर्वाचित भएका थिए भने उनि नगरपालिकाको प्रवक्ता समेत रहेका थिए ।
नेकपा माओवादी पार्टीबाट उम्मेदवारी दिएका दर्लामी पुनः वडा अध्यक्षमा ९३८ मत प्राप्त गरि बिजयी भएका हुन् । उनि निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बेदानन्द कुमार श्रेष्ठले ९३० मत प्राप्त गरेका छन् दर्लामीले ८ मतान्तरले बिजयी हासिल गरेका छन् ।
गौशाला नगरपालिकामा पहिलो वडामा माओवादी पार्टीले खाता खोलेको हो । वडा न. १,२,५,७ मा जसपा र ३ ,४,६ मा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् ।