गौशाला
महोत्तरीको गौशाला नगरपालिका वडा न. १० मा लोसपा पार्टीले खाता खोलेको छ । वडा न.१० को वडा अध्यक्षको पदमा लोसपा पार्टीबाट उम्मेदवारी दिएका विष्णु कुमार महतो (मुकेश ) निर्वाचित भएका छन् । उनले ८४६ मत ल्याएर बिजयी भएका छन् ।
उनि निकटतम प्रतिद्धन्द्धी ने.क.पा माओवादी पार्टीका उम्मेदवार मो. शेष जलीलसँग १६९ मत वढि ल्याएर महतो विजयी भएका हुन् । जलीलले ६७७ मत ल्याएका हुन् ।
त्यस्तै नेपाली काँग्रेसका उम्मेदवार रोशन भण्डारीले १२६ मत ल्याएका छन्। जनता समाजवादी पार्टीका उम्मेदवार राजकिशोर महतोले ७६ मत प्राप्त गरेका छन् ।
गौशाला नगरपालिकामा वडा न.१० को मतपरिणाम यस अनुसार छ :
पार्टी
|
मेयर
|
उपमेयर
|
वडा अध्यक्ष
|
रुख
|
९४
|
९९
|
१२६
|
हसिया
|
६७८
|
६०६
|
६७७
|
छाता
|
५४२
|
५२५
|
७६
|
साइकल
|
३४५
|
३८३
|
८४६
|
सुर्य
|
१०७
|
१५३
|
१०८
|
जम्मा मत : २१९३