राप्रपा पर्साको क्षेत्र नं १ बाट प्रतिनिधि सभामा समानुपातिक सिटबाट पासवान प्रतिस्पर्धामा

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-२-२७ गते   १०७२ पटक हेरिएको

पवन प्रसाद साह 

वीरगञ्ज, पर्सा

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा समानुपातिक सिटबाट विजय कुमार पसवान प्रतिस्पर्धा गर्ने भएका छन्।

पर्सा क्षेत्र नं १ को प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साबाट दलित गरिब र फरक क्षमताको व्यक्तिहरुको  लागि समानुपातिक सिटबाट प्रतिस्पर्धा गर्ने उनले बताएका छन्।

पासवान शारिरिक अपाङ्ग भएका व्यक्ति हुन । साथै जातिय हिसाबले दलित हुन । उनि अपाङ्ग तथा दलित गरिब र फरक क्षमता भएको व्यक्तिहरुको लागि निरन्तर सहयोगको भावना राखी हकहित संरक्षणको लागि लडिरहने सामाजिक अभियन्ताको रुपमा चिरपरिचित नाम कमाएका व्यक्ति हुन।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech