रा.प्र.पा पर्साले प्रमुख जिल्ला अधिकारीलाइ बुझायो ज्ञापनपत्र

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-३-१ गते   ४१२३ पटक हेरिएको

पवन प्रसाद साह 

वीरगञ्ज

पर्सा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति पर्साले केन्द्रीय कार्यसमितिकोको निर्णय अनुसार पार्टी कार्यालयबाट व्यानर सहित निस्केको र्यालीमा हिन्दु राष्ट्र कायम गर, राजसंस्था कायम गर , संघियता खारिज गर, प्रदेस खारिज गर, लगायत बिभिन्न नारा लगाउँदै जिल्ला प्रसासन कार्यालय पर्सामा आइ प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल लाइ ज्ञापनपत्र बुझाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका जिल्ला अध्यक्ष सुमेश्वर उपाध्यायको हस्ताक्षरित सहितको १९ बुदे ज्ञापनपत्र पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री कार्यालय सिंहदरबार पठाइएको छ।

देशमा बढदो महँगाई, भ्रष्टाचार र मलको समस्या हलको लागी देशैभरी राष्ट्रिय प्रजातन्त्र पार्टीले आज ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको थियो। ज्ञापनपत्र बुझाउने कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्याय मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुर जिल्ला उपाध्यक्ष अवधकिसोर साह,रामयोध्या राउत, जिल्ला सचिव पन्नालाल पटेल जिल्ला सह सचिव पवन प्रसाद साह, वीरगञ्ज महानगर अध्यक्ष जलेशवर सरार्फ, नगिना यादव, नरेन्द्र चौरसिया,सम्भु घिमिरे,बाबुलाल शर्मा लगायतका अन्य नेता तथा कार्यकर्ताहरुको उपस्तिथि रहेको थियो।

ज्ञापनपत्र बुझाए पश्चात् र्याली घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो। त्यस सभालाई सम्बोधन गर्ने क्रममा रा. प्र.पा.पर्सा जिल्ला अध्यक्ष सुमेश्वरनाथ उपाध्यायले हालको देशको परिस्थिति हेर्दा देसमा हिन्दू राष्ट्र र राजसंस्थाको आवश्यकता रहेको बताएका हुन।

त्यस्तै  पार्टीका मानार्थ जिल्ला अध्यक्ष अंगद ठाकुरले देसमा बढदो महगी र भ्रस्टचार रोकन सरकार सँग माग गरेका हुन । वीरगञ्ज महानगर अध्यक्ष जलेशवर सरार्फले देश अहिले मरुभूमिको अवस्थामा पुगिसकेकोले बेलैमा होश पुर्याएर देश र जनताको समस्या एकमुष्ट बुदागत रुपले समाधान गरियोस् बताएका बताएका थिए। नत्र राप्रपाले देशमा अब आन्दोलनले नै जनता र देशको समस्या समाधान गर्ने चेतावनी प्रधानमन्त्रीलाई दिनुभएको थिए।

त्यसैगरी अन्य नेतागणले समेत आ-आफ्नो धारण व्यक्त गरेका थिए भने कोणसभा कार्यक्रमको संचालन नगिना यादव ले गरेका थिए ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech