मनिषा शर्मा
महोत्तरीको बर्दिवास नगरपालिकामा महिला स्वास्थ्य स्वयंसेविकाको समिति पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मिना कुमारी थापाको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरिएको छ ।
महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका संघ महोत्तरीको आयोजना सम्पन्न समिति गठन कार्यक्रममा महिला स्वयंसेविका शान्ता श्रेष्ठ ,बर्दिवास नगरपालिकाका नगर प्रमुख प्रह्लाद कुमार क्षेत्री ,उपप्रमुख तारा देवी थापा ,जिल्ला कार्य समितिका संयोजक सुलेखा कुमारी ठाकुर ,रेणु कुमारी महतो ,दिप माया श्रेष्ठ ,संघका सल्लाहकार सुरेन्द्र कुमार साह ,समृद्ध नेपाल संस्थाका जिल्ला अध्यक्ष भिम बहादुर आले लगायत १२ वटै वडाका सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहभागिता रहेको थियो ।

गठन गरिएको समितिमा अध्यक्ष मिना कुमारी थापा ,उपाध्यक्ष शिला कुमारी साह ,कोषाध्यक्ष शान्ता देवी ,सचिव जुम कुमारी आले ,सदस्यहरुमा शोभा बरुवाल ,उर्मिला तिमल्सिना ,किरण सुनार ,वुद्ध माया विक ,मेनुका गिरि ,वुद्धिमाया घिसिंग ,रामसखी महतो,भक्ति माया लामा ,समता हमाल रहेका छन् ।