आसार ४, रौतहट
रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एक महिलाको मृत्यु भएको छ ।
रौतहटको गढीमाई नगरपालिका १ समनपुर स्थीत खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा महिलाको मृत्यु भएको हो ।
शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्यु भएको स्थानीय बासीले बताएका छन् ।घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।