गौशाला,महोत्तरी
असार,४
महोत्तरीको गौशाला नगरपालिका वडा नं ४ मा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
गौशाला नगरपालिका वडा नं. ४ पानी ट्यांकी नजिक माईस्थान–सम्सी सडक खण्डमा गौशालाबाट रजखोर तर्फ जादै गरेको साईकल यात्रीलाई सोही दिशाबाट जादै गरेको ज १० प २०६६ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिंदा साइकल यात्री घाइते भएका थिए।
महोत्तरीको गौशाला नगरपालिका वडा नं. ४ (मगरटोल) वस्ने अन्दाजी वर्ष ५० को गणेश बहादुर थापा (कलुवा) मगरको टाउको समेतमा चोटलागी गम्भीर घाइते भएकोमा उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरमा पठाईको र उनको उपचारको क्रममा ७ः४५ बजेको समयमा मृत्यु भएको गौशाला ईलाका प्रहरी कार्यालयको प्रहरी निरीक्षक रंजन मिश्रले जानकारी दिएका छन् ।
अहिले शवलाई पोष्ठमाटमको लागि जलेश्वर अस्पताल लगीएको इलाका प्रहरीले गौशालाले जनाएको छ। यता मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।