महोत्तरीमा  भन्सार छलिका विभिन्न समान बरामद

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-३-५ गते   १५४० पटक हेरिएको

गौशाला 

महोत्तरीमा भन्सार छली गरि ल्याइएका समान प्रहरीले बरामद गरेको छ । आइतबार जिल्लाको पिपरा गाउँपालिका वडा न. २ स्थित भारतबाट भन्सार छली नेपाल तर्फ ल्याउदै गर्दा १०० केजी चिनी ,१ कार्टुन बिकाजी भुजिया ,१९ प्याकेट ड्रिम लाईट बिस्कुट , २ पोका जम्मी पप , २ कार्टुन धारा तेल बरामद गरेको हो । 

बरामद समानको अन्दाजी मुल्य २७ हजार २ सय रहेको प्रहरीले जनाएको छ । त्यस्तै प्रहरीले ६५ हजार बराबरको बराबरको ज ६ प ४६३ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

त्यस्तै आइतबार नै गौशाला नगरपालिका वडा न.२ निगौल चोक बाट पनि भन्सार छलि गरी ल्याई राखेको समानहरु प्रहरीले बरामद गरेको छ ।

ईलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरी टोलिले निगौल चौक स्थित चेकपोष्टमा प्रहरी टोलिलाई देखि भन्सार छलि गरी ल्याई राखेको समानहरु छोडी एकजना फरार भएका थिए । प्रहरीले त्यहाँबाट विभिन्न किसिमका ईलोक्ट्रोनिक सामानहरु, कपडाहरु, पितलको गिलास सहित BR 30 s 3877 नं.को प्लाटिना मोटरसाईकल बरामद गरेको छ ।

बरामद समानको मुल्य १ लाख ४१ हजार ८ सय ८० र मोटरसाइकलको मुल्य ६ लाख गरि जम्मा २ लाख १ हजार ८ सय ८० बराबरको बरामद गरिएको सामग्री आवश्यक कारवाहीको लागि  जलेश्‍वर भन्सार कार्यालय मलिवारा पठाईएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech