गौशाला
पर्साको नागवा १७ ( बिरगंज ) घर भएको रमिता देवी लाई माँ जानकी सेवा समाज द्वारा एक परिवारलाई आर्थिक सहयोग गरेका छन् ।
माँ जानकी सेवा समाज द्वारा चामल २५ किलो , दाल २ किलो , नुन २ किलो , तेल २ लिटर , भुजा ५ किलो , २ओटा लुगा धुने, नहाउने साबुन २ ओटा , सारी , चाउचाउ एक काटुन, २ ओटा त्रिपाल संगै करिब छ हजारको सामाग्री र ९ हजार नगद दिऐर आर्थिक सहयोग गरेको छ ।
माँ जानकी सेवा समाजलाई सहयोग पाउने परिवारले धन्यवाद समेत दिएका छन् । सहयोग गराउन साथ दिएका सम्पुर्ण साथीलाई माँ जानकी सेवा समाजले धन्यवाद दिदै र येस्तै फेरि पनि आगामी दिनमा पनि माँ जानकी सेवा समाजबाट असाह्य ,गरिब ठुला रोगबाट ग्रसित परिवारलाई सहयोग गर्ने अध्यक्ष युनिक साहले भनेका छन् ।
अध्यक्ष साह ,उपाध्यक्ष सुरेश साह,सचिब ईनर देव मंडल,सह-सचिव राम किरपाल ,कोषाध्यक्ष अंकित,बरिस्ठ सल्लाहकार मो.मस्तकिम र सल्लाहकार सुमन मंडल लगाएतका माँ जानकी सेवा समाजका सम्पुर्ण सदस्यहरु उपस्थित भइ सहयोग गरेको वरिष्ठ सल्लाहकार मो.मस्तकिमले जानकारी दिएका छन् ।