उपेन्द्र पासवान
असार ८ गते
बाराको महागढिमाई नगरपालिकाकाको छैठौ नगर सभा शुरु भएको छ ।
नगर प्रमुख उपेन्द्र प्रसाद यादवले कार्यक्रमको उदघाटन गरेका छन । सभा शुरु भए सङ्गै नीति कार्यक्रम प्रस्तुत भएको र दफावार छलफलका लागि बाटो सहज भएको यादवले बताएका छन । कार्यक्रममा नगरपालिकाका मेयर यादव सहित उप मेयर तारा देवी कानु, ११ वडाका अध्यक्षहरु क्रमशः मनोज कुमार गुप्ता, विश्वनाथ प्रसाद कुसश्वाह,उपेन्द्र प्रसाद जयस्वाल,मनोज कुमार जयस्वाल,गजेन्द्र प्रसाद जयस्वाल,गेनालाल यादव,सिवेन्द्र प्रताप सिंह,ओहाब अन्सारी,दिलिप शुक्ला,चन्दन साह र अरबिन्द बन्ठा सहित सम्पुर्ण वडाका सदस्यहरु गरि नगर सभा सदस्यहरुको उपस्थिति रहेको प्रमुख प्रसासकिय अधिकृत महमद शेरे मुस्तुफाले जनाएका छन ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगरपालिकाको अधुरो सबै काम पुरा गर्ने जिम्मेवारी यहाँका जनताले आफ्नो काधमा जिम्मा दिएको र आफुले त्यसलाई पूरा गर्ने बताए । यादवले हिजोको सारा बाचा आफुले पूरा गर्ने गरि नीति कार्यक्रम ल्याउने बताएका हुन ।