७५ देशमा फैलियो मंकीपक्स,विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-४-७ गते   ५१३१ पटक हेरिएको

श्रावण ८ 

७५ देशमा मंकीपक्स फैलिएपछि विश्व स्वास्थ्य संगठनले मंकीपक्स विरूद्ध विश्वव्यापी रुपमा स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

संक्रमितको संख्या बढिरहेका बेला डब्ल्यूएचओले रोग सम्बन्धमा गर्ने सबै भन्दा उच्च तहको चेतावनी जारी गरेको हो । यस भाइरसका विषयमा डब्ल्यूएचओको आपतकालिन समितिको दोस्रो बैठकपछि यस्तो घोषणा गरिएकाे हाे ।

डब्ल्यूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससका अनुसार विश्वभर १६ हजार भन्दा धेरै मंकीपक्सबाट संक्रमित भएको पुष्टि भइसकेको छ । मंकीपक्कका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ । डा. टेड्रोसका अनुसार आपतकालिन समितिमा मंकीपक्स प्रकोपलाई विश्वव्यापी स्वास्थ्य आपतकाल भन्ने कि नभन्ने विषयमा सर्वसम्मति भने हुन सकेन ।

तर प्रकोप विश्वभर व्यापक रूपमा फैलन थालेकाले त्यसलाई अन्तर्राष्ट्रिय चासोको विषय हुने भएकाले विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको उहाँले बताउनुभयो । मंकीपक्स राेगबाट युरोप नै सबै भन्दा उच्च जोखिममा परेको र अन्यत्र पनि फैलिने क्रम बढेको डब्ल्यूएचओले विश्लेषण गरेकाे छ ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech