१५ भदौ, वीरगञ्ज ।
जबरजस्ती करणी मुद्दाका फरार एकजना प्रतिवादी पक्राउ परेका छन्।प्रहरीले उनलाई वीरगञ्जबाट जर्बजस्ती करणी मुद्दामा पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१६ बस्ने अनिलप्रसाद चौरसिया रहेका छन्।
वि.स.२०७६ असार १२ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले जबरजस्ती करणी मुद्दामा उनलाई दोषी ठहर गरेको थियो । फैसला आदेशमा उनलाई ६ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।
घटना लगत्तै फरार भएका चौरसियालाई वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले सोमबार वीरगञ्ज-१६ बाटै पक्राउ गरेको हो ।
अदालतको आदेशमा कैद भुक्तानका लागि सोमबार नै वीरगञ्ज कारागार चलान गरिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विशाल मल्लले जानकारी दिए ।