डा. गोविन्द केसीले आफ्नो पछिल्लो २० औ सत्याग्रह सुरु गर्ने

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-५-२७ गते   ४००६ पटक हेरिएको

भदौ २७ गते

चिकित्सा क्षेत्र सुधारका अभियन्ता डा.गोविन्द केसीले आफ्नो पछिल्लो २० औ सत्याग्रह सुरु गर्ने भएका छन्।

सरकारले दुई साता समय मागेर पनि मागहरु पूरा नगरेकाले सत्याग्रह सुरु गर्न डा. केसी धनगढी जाँदै छन्।  

७ बुँदे मागसहित सोमबार साँझ ५ बजेदेखि सत्याग्रह सुरु गर्ने उनले बताएका छन्। उनले आफ्ना माग सम्बोधन गर्न सरकारलाई २ साताको समय दिएका थिए। 

स्वास्थ्य र मेडिकल शिक्षाको सुधारका लागि डा. केसीले पाँच बुँदे माग अघि सारेका थिए। स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी छाता ऐन जारी गर्नुपर्ने, सार्वजनिक पदमा बस्नेहरुके स्वार्थको द्धन्द्ध रोक्न तत्काल कानूनी व्यवस्था गनुपर्ने, प्रतिष्ठान र विश्वविद्यालयका पदाधिकारी नियुक्तिको मापदण्डसहित ऐनको व्यवस्था गर्नुपर्ने डा. केसीको माग छ। 

चिकित्सा शिक्षा ऐन बमोजिम २०८५ सालभित्र नेपालका मेडिकल शिक्षण संस्थाहरुलाई गैर नाफामूलक बनाउने व्यवस्थाको कार्यान्वयन गर्न  डा. केसीले माग गरेका छन्। 

 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech