उपेन्द्र पासवान
बारा , असोज १ गते
गढीमाइ ब्रोडकास्ट कम्पनी प्रा. लि. द्वारा संचालित रेडियो बारा १०६.६ मेगाहर्ज तराई बासीको ढुक - ढुकि रेडियो बारा हामी सबैको साहारा भन्दै रेडियोको उद्घाटन भएको हो ।
रेडियो बारा १०६.६ मेगाहर्जको मेनेजिङ डाइरेक्टर रमेश साहको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अथिती प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल रहेका थिए ।
विशिष्ट अतिथी बारा प्रहरी प्रमुख होबिन्द्र बोगटी, सशस्त्र प्रहरी बाराका प्रमुख राजेन्द्र थापा, पत्रकार महासङ बाराका अध्यक्ष रेशम तिवारीको रहेका थिए । अतिथि माओवादी केन्द्र कलैयाका नगर अध्यक्ष मुकेश साह, लोसपाको नेता जयप्रकाश साह, लोसपाको युवा नेता डा. कमरुलाह अन्सारी, अधिवक्ता एकरामुल हक अन्सारी, नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन बाराका सदस्य नरेन्द्र तिवारी, रेडियो कर्मी, विभिन्न मिडियाका पत्रकारहरु लगायतको विशेष उपस्तिथि रहेको थिए ।
उक्त कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले रिबन काटी रेडिको उदघाट्न गर्नुभएको थियो । सत्य तथ्य समाचार सम्प्रेषण गर्न र समाजमा भएको घटनाहरु उजागर गरि सम्बन्धित निकाय सम्म पुर्याउन आवाज बिहिनहरुको आवाज बन्नको लागि सफलताको शुभकामना सहित आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।