संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साको कोषाध्यक्षमा उदित सहनी

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-१ गते   २२१५ पटक हेरिएको

पवन प्रसाद साह

वीरगंज ,असोज १ गते 

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्सा जिल्ला कोषाध्यक्ष पदमा उदित सहनीलाइ मनोनयन गरिएको छ।

संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा जिल्ला कार्यसमिति पर्साको आज बसेको बैठकबाट मोर्चाका पर्सा जिल्ला अध्यक्ष विजय कुमार पासवानले उदित सहनी लाइ कोषाध्यक्ष पदमा मनोनयन गरेका हुन्।

नेपालको मौलिक पहिचान सहितको सनातनदेखि चलिआएको ॐ कार सनातन धर्म संस्कृतिको संरक्षण र सम्वर्द्धन गरी नेपाललाई विश्वको एक मात्र ॐ कार सनातन हिन्दु अधिराज्यको रुपमा पहिचान गराई सनातन धर्मावलम्बीहरुको जिल्ला तीर्थस्थलको रुपमा विकसित गराउने उदेश्यका साथ “संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा पर्साकाे कोषाध्यक्ष पदमा उदित सहनीलाइ मनोनयन गरिएको हो ।

मनोनयन गरिएको पर्सा जिल्लाको कोषाध्यक्ष पदमा उदित सहनी पर्सा जिल्ला स्थित वीरगंज महानगरपालिका वडा नं १७ अलौं निवासी हुन। साथै सहनी ॐकार धर्मका लागी समर्पित भई राष्ट्रको सर्बथा धर्म संस्कृतिको रक्षा एवं उन्नयनका लागी निस्वार्थ रुपमा यस संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चा संग आबद्ध भई सेवा पुयाउनु हुनेछ भन्ने पूर्ण विश्वास लिइएको छ ।

साथै 'संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्च पर्साका कोषाध्यक्ष पदमा मनोनयन हुनुभएकोमा हार्दिक बधाई सहित सफल कार्यकालको पुर्ण सफलताको कामना' भनि संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका पर्सा जिल्ला अध्यक्ष विजय कुमार पासवानको हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech