सम्सीमा वडा न. १ को नव निर्मित वडा कार्यालय भवन गा.पा. अध्यक्षद्वारा समुद्घाटन

निरन्जन साह    प्रकाशित: २०७९-६-४ गते   १४९६८ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरी , असोज ४ गते

महोत्तरीको सम्सी गाउँपालिका वडा न १ को नव निर्मित कार्यालय भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मंगलबार सम्सी गाउँपालिकाका अध्यक्ष रामनाथ यादव र वडा न.१ का वडा अध्यक्ष विपिन बिहारी यदुविरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्  । गाउँपालिका अध्यक्षले रिबन काटेर नव निर्मित वडा कार्यालयका उद्घाटन गरेका छन्  ।

उद्घाटन पश्चात गाउँपालिका अध्यक्ष रामनाथ यादवले सम्सी गाउँपालिकाको प्रत्येक वडाको नयाँ कार्यालय भवन बनाउने बताएका छन्  । उनले भने ,'सम्सी गाउँपालिकामा रहेको ७ वटै वडाको नयाँ कार्यालय भवन जति सक्दो छिटो निर्माण गर्ने मेरो लक्ष्य छ  । साथै  गाउँपालिकाको कार्यालयको आफनै भवन बनाउने छौ  । त्यसको लागि जे जति कार्य गर्नुपर्छ म गर्न तयार छु ।'

साथै उनले सम्सी गाउँपालिकामा अबको केहि समयमै विकासको लहर छाउने दावी गरेका छन्  । उनले जनतालाई जति सक्दो सहज तरिकाले सेवा सुविधा प्रदान गर्न तत्परता देखाउने बताए  ।

कार्यक्रममा गा.पा. अध्यक्ष ,वडा न १ का वडा अध्यक्ष ,प्रमुख प्रशासकीय अधिकृत गणेश चन्द्र मिश्र  ,आर्थिक प्रशासन शाखाका रोशन कुमार राउत ,इन्जिनियर प्रतिक कुमार यादव लगायत विभिन्न क्षेत्रका राजनीतिकर्मी ,समाजसेवी वुद्धिजीवी वर्गको सहभागिता रहेको थियो  ।

२०७४ सालमा भएको चुनावबाट निर्वाचित भएका जनप्रतिनिधिहरुले सम्सी गाउँपालिकामा खासै विकास नगरेको त्यहाँ स्थानीयहरुको भनाई छ तर यसपाली निर्वाचित भएका नयाँ जनप्रतिनिधिहरुले सम्सी गाउँपालिकाको मुहार फेर्ने जनसमुदायले विश्वास व्यक्त गरेका छन्  ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech