निरन्जन कुमार साह
गौशाला ,असोज ५ गते
महोत्तरीको गौशालामा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । राष्ट्रपतिको गैर संवैधानिक कदम ,नागरिकता विधेयक रोकेकोमा नेपाली कांग्रेसको महोत्तरी क्षेत्र न.१ प्रदेश कार्य समिति १ (ख) तथा गौशाला नगर कार्यसमितिले विरोध प्रदर्शन गरेको हो ।
नागरिकता विधेयक प्रमाणीकरण गर ,हामीलाई अनागरिक बनाउन पाइदैन ,राष्ट्रपति मुर्दावाद लगायत नारा लगाउदै बुधबार भएको प्रदर्शन गौशाला बजारभरि परिक्रमा गरि गणेश चौकमा कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसको प्रदेश कार्य समिति १ (ख) को प्रदेश सभापति राधेश्याम भगतले नागरिकता प्रमानीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई अनागरिक बनाएको बताए । उनले भने ,” प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दुइ दुइ पटक नागरिकता विधेयक पास गरेर पठाएपनि राष्ट्रपतिले प्रमाणिकरण नगर्नु जनतामाथि अन्याय हुनु हो ।त्यसैले जब सम्म नागरिकता विधेयक प्रमाणिकरण हुदैन तबसम्म हामी आन्दोलन गर्ने छौ ।"
विरोध प्रदर्शन कार्यक्रममा गौशाला नगरपालिका वडा न .३ का वडा अध्यक्ष विरेन्द्र चौधरी ,वडा न.४ का वडा अध्यक्ष रामु महासेठ,मन्नु अधिकारि लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।