इलाका प्रहरी कार्यालय गौशालाद्वारा चोरी भएको मोबाइल सम्बन्धित व्यक्तिलाई हस्तान्तरण , स्थानीयद्वारा आभार व्यक्त 

निरन्जन साह    प्रकाशित: २०७९-६-११ गते   ३३८५ पटक हेरिएको

निरन्जन कुमार साह 
गौशाला , असोज ११ गते 

महोत्तरीको गौशालामा चोरी भएको मोबाइल इलाका प्रहरी कार्यालय गौशालाले सम्बन्धित व्यक्तिलाई बुझाएको छ । मंगलबार इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक रंजन मिश्रले चोरी भएर खोजतलाश गरि फेला परेको मोबाइल सम्बन्धित व्यक्तिलाई जिम्मा  लगाएका हुन् ।

गौशालामा विभिन्न समय र स्थानबाट हराएका १६ ओटा स्मार्ट फोन हराएको केहि समय पश्चात फेला पारेर १६ जना  मोबाइल धनीलाई बुझाइएको हो  ।

ति व्यक्ति हरुले दिएको उजुरीको आधारमा विभिन्न स्थान र समयमा मोबाइल फेला पारिएको प्रहरी निरीक्षक रंजन मिश्रको भनाइ छ ।

हराएको मोबाइल सकुसल आफ्नो हातमा पाउदा अत्यन्तै खुशी व्यक्त गर्दै शिक्षक महासंघका उपाध्यक्ष महाविर सिंह कुशवाहाले भने, "मोबाइलमा दुनिया बसेको छ । यो हराएपछी विभिन्न कुराहरु पनि हराउने र समस्या सिर्जना हुन्छ । मलाई यो मोबाइल भेटिन्छ भन्ने आशै थिएन तर आज यसलाई मैले प्राप्त गर्दा एकदमै खुसि लागेको छ ।" 

साथै प्रहरी निरीक्षक रंजन मिश्र आएपछी गौशाला नगरपालिकाको परिस्थिति नै परिवर्तन भएको र यहाँ शान्ति सुरक्षा समेत कायम भएको उनले जिकिर गरे ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech