देशलाई समृद्धितर्फ उकास्न राजनीतिमा परिवर्तनको आवश्यकता : डा. विरवंश बैठा

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-१५ गते   ११०७ पटक हेरिएको

गौशाला , असोज १५ गते 

देशलाई विकास र  सम्बृद्धि तर्फ अगाडी बढाउन परिवर्तनको आवश्यक्ता रहेको प्रतिनिधि सभा सदस्य उम्मेदवार डा.विरवंश बैठाले बताएका छन् । अब आफ्नोभन्दा आफ्ना सन्तानहरूको भविष्यलाई सोचेर आगामी निर्वाचनबाट पुरानो अभ्यासलाई तोड्दै देशको भविष्य, यहाँका नागरिक, समाज र राष्ट्रको प्राथमिकतालाई केन्द्रमा राखेर काम गर्नूपर्नेमा उनले जोड दिएका छन् ।

अब राजनीतिमा स्वतन्त्र उम्मेदवार आउनु जरुरि रहेको उनको भनाइ छ । उनले भने ,"आज सम्मको अवस्थामा आइपुग्दा जनप्रतिनिधिहरूले देखाएको दोहोरो चरित्र, व्यवहार र यही अन्तरालमै सिलसिलाबद्ध रुपमा भएका भ्रष्टाचारहरूको घटनाहरूले गर्दा नागरिकहरू आजित भएका छन् । आम जनताहरू, दल र नेतृत्वप्रति निराश रहेको अवस्था छर्लङ्ग छ ।"

"देश निर्वाचनमय बनेको छ । नेताहरु गाउँगाउँमा जनता फकाउन जुटेका छन् । तर हाल देखिएको राजनीतिक संस्कार तथा स्वार्थका कारण नेपालको पछिल्लो राजनीति अस्थिर देखिएको छ । खासमा व्यवस्था बदलिए पनि जनताको अवस्थामा खासै परिवर्तन आउन सकेको छैन । सरकार स्थिर नभएका कारण देशको विकासमा बाधा पुगेको छ ।"

"जनता महङ्गी, राजनैतिक अस्थिरता तथा विपत्तिको चपेटामा पर्दै आएका छन् ।  राज्यबाट जनतालाई प्रेरित तथा उत्थान गर्ने  नीति ल्याउनु पर्नेछ । "प्रतिनिधिसभा सदस्य पदका लागि सर्लाही क्षेत्र नं.२ बाट स्वतन्त्र उमेदवारी  दिन लागेका हुन  दर्जनौं राष्ट्रिय तथा ७ वटा अन्तराष्ट्रिय एवार्ड विजेता डा. बैठा राजनीतिक क्षेत्रमा आउनुअघि ३ दशक लामो समयदेखि शिक्षा क्षेत्रमा आबद्ध रही मकवानपुर जिल्लाको हेटौंडा नगरपालिका वडा न-४ मा रहेको आधुनिक राष्ट्रिय उच्च माविको  प्राधानाध्यापक पदमा कार्यरत हुनुहुन्थ्यो । सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-५ भाँडसर निवासी मानार्थ डा.बैठाले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाहीको निर्वाचन क्षेत्र न-२ बाट उमेदवारी दिन भदौ १ गते आफ्नो लामो शिक्षण पेशाबाट राजीनामा समेत दिइसकेका छन् ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech