रा.प्र.पा क्षेत्र नं १ क्षेत्रिय कार्य समिति पर्साद्वारा बडा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-६-१६ गते   १३१५ पटक हेरिएको

पवन प्रसाद साह

विरगंज , असोज १७ गते 

राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ पर्साले बडा दशैंको उपलक्ष्यमामा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

क्षेत्रिय कार्य समितिको कार्यालयमा भएको बडा दशैं को शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका संस्थापक अध्यक्ष तथा पार्टीका कार्य सम्पादन समितिको सदस्य रामबहादुर थापाले बडा दशैंको उपलक्ष्यमा सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै पार्टी सम्पुर्ण नेता तथा कार्यकर्ताहरु लगायत देश बिदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए।

त्यस्तै शुभकामना व्यक्त गर्ने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रिय कार्य समिति क्षेत्र नं १ का अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरीले बडा दशैंको उपलक्ष्यमा शुस्वास्थ्य तथा दिर्घायुको कामना गर्दै पार्टीका सम्पुर्ण नेतागण तथा पार्टीका नेता कार्यकर्ताहरुलाइ शुभकामना दिएका थिए।

रा.प्र.पा. पर्साका संस्थापक अध्यक्ष रामबहादुर थापा प्रमुख अतिथि तथा क्षेत्र नं १ का क्षेत्रिय अध्यक्ष अर्जुन बहादुर सिंह ठकुरी अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्यका संभावित उम्मेदावर शान्ति खड्का, पार्टीका पुर्व केन्द्रीय सदस्य नगिना यादव, पार्टीका जिल्ला उपाध्यक्ष राजेस कुमार गुप्ता, पार्टीका जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता समभु घिमिरे, पार्टीका पर्सा संगठन प्रमुख विनय झा, धर्म सभाका केन्द्रिय सदस्य पृथ्वी प्रसाद झा राष्ट्रिय, प्रजातन्त्रिक युवा संगठन पर्साका अध्यक्ष राजाबाबु प्रसाद चौरसिया लगायतका व्यक्तित्वहरुले आ- आफ्नो बडा दशैंको उपलक्ष्यमा शुभकामना राखेका थिए।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech