सम्सीमा स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-७-१७ गते   १४९५ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरी, कार्तिक १७ गते

महोत्तरीको सम्सी गाउँपालिकाले स्वयंसेविकालाई मतदाता शिक्षा तालिम प्रदान गरेको छ गाउँपालिकाले गाउँको सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई मतदाता तालिम प्रदान गरेको हो

मतदान गर्ने तरिका, राजनीतिक दलहरुको चुनाव चिन्ह, स्वतन्त्र उम्मेद्वारहरुको निर्वाचन चिन्ह, सही तरिकाबाट मतदान गर्ने तरिका, मतदाताले मतदान गर्दा बिग्रने अवस्था, मतदाताले प्रतिनिधि सभा देखि प्रदेश सभा सदस्य सम्मलाई मतदान गर्ने सही तरिका, मतपत्र पट्याउने र राख्ने तरिका बारेमा तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष रामनाथ यादवले जानकारी दिए 

तालिममा गाउँपालिका अध्यक्ष ,उपाध्यक्ष अनिता कुमारी, प्रमुख प्रशासकीय अधिकृत गणेशचन्द्र मिश्र लगायत विभिन्न महिला स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो  

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech