लिङ्देनले सिटौलालाई पछि पारे

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-८-५ गते   ९२८ पटक हेरिएको

महोत्तरी । झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पछि पारेका छन् ।

यसअघिसम्म अग्रता लिएका सिटौलालाई १४ मतले पछि पारेका छन् । दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत र सिटौलाले २१३ मत पाएका छन् ।

यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको साथ छ ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech