सप्तरीको क्षेत्र न. २ (क ) मा जनमत पार्टीका सिंह निर्वाचित

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-८-६ गते   ९४६ पटक हेरिएको

महोत्तरी   । जनमत पार्टीले मधेश प्रदेश सभामा दोस्रो जित निकालेको छ । सप्तरी २ (१) बाट जनमत पार्टीका सतिशकुमार सिंह १६ हजार ७ सय ३४ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी प्रदेशका अर्थमन्त्री समेत रहेका जसपाका शैलेन्द्रप्रसाद साहले ८ हजार २ सय ९२ मत प्राप्त गरे । विजयी सिंह गत स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोईलाडी गाँउपालिका अध्यक्षमा पराजित भएका थिए ।
लोसपाबाट उम्मेदवार भई गाउँपालिका अध्यक्षमा पराजित भएपछि उनी जनमत पार्टीमा प्रवैश गर्दै प्रदेश सभा सदस्यमा उम्मेदवार बनेका थिए ।

© Copyright 2020 Nigarani Today. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech