ममता शर्मा
गौशाला ,पुष १० गते
ग्लोबल चेन्ज मेककर्स समिट र अवार्ड २०२३ बाट विरवंश बैठा सम्मानित हुने भएका छन् । एसिया महादेशकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा परिचित तथा श्री आधुनिक राष्ट्रिय मा.वि .हेटौडाका पुर्व प्रधानाध्यापक डा. विरवंश बैठा सो अवार्ड बाट सम्मानित हुने भएका हुन् ।
यहि आउदो मिति माघ १० -१२ गते अन्तर्राष्ट्रिय शिक्षा दिवस को अवसरमा बंगलादेशको राजधानी ढाकामा आयोजना हुन लागेको कार्यक्रम बैठालाई अवार्डको लागि अतिथिको रुपमा आमन्त्रण गरिएको छ ।
सो कार्यक्रम एच एण्ड एच इन्टरनेशनल फाउन्डेसनद्वारा आयोजना हुन लागेको बैठाले जानकारी दिए । बैठा भर्खरै बितेको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सर्लाहीको क्षेत्र न.२ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारी दिएका व्यक्ति हुन् । उनले ९०६ मत प्राप्त गरि माओवादी पार्टीका उम्मेदवार महेन्द्र राय यादवसंग पराजित भएका हुन् । बैठाले हाम्रो नेपाल पार्टीबाट उम्मेदवारी दिएका थिए ।

वर्षौ देखि शिक्षण पेशामा लागेका बैठा अहिले शिक्षा क्षेत्रमा अलग्गै पहिचान कायम गर्न सफल भएका छन् । यो भन्दा अगाडी पनि बैठा कैयौ पटक विभिन्न अवार्डबाट सम्मानित भइसकेका छन् । शिक्षा क्षेत्रमा यसरि नै सधै आफ्नो योगदान पुर्याईरहने उनको प्रतिवद्धता छ ।