इरानमा थप दुई जनालाई मृत्यु दण्ड

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-९-१९ गते   ४१९५ पटक हेरिएको

काठमाडौं  -  इरानमा सरकार विरोधी प्रदर्शनमा सहभागी भएको आरोपमा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको छ ।

मुस्लिम ड्रसकोड पालना नगरेको आरोपमा एक युवतीको हिरासतमा मृत्यु भएपछि गत सेप्टेम्बरदेखि जारी प्रदर्शनमा सहभागीहरुलाई कारबाही गर्ने क्रममा थप दुई जना किशोरीलाई मृत्यु दण्डकाे सजाय दिइएको हो । यसअघि दुई जना युवालाई मृत्युदण्ड दिइएको छ ।


मृत्युदण्ड दिइएका किशोरीहरुको परिचय खुलाइएको छैन । नर्वेस्थित इरान मानवअधिकार संस्थाले इरानमा करिब १ सय जनालाई मृत्यु दण्डको सजाय दिने सम्भावना रहेको जनाएकाे छ ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech