रौतहटमा सरुवाको विरोधमा प्रदर्शन

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-९-२२ गते   १९३६ पटक हेरिएको

रौतहट - रौतहटको गरुडा नगरपालिकाले प्रधानाध्यापकहरुको सरुवा गरेको विरोधमा विद्यार्थीहरू बिहीबार प्रदर्शन गरेका छन्। नगरपालिकाले एकैपटक तीन वटा विद्यालयका प्रधानाध्यापकहरुलाई आफूखुशी सरुवा गरेको भन्दै विद्यार्थीहरुले प्रधानाध्यापक सरुवाको निर्णय तत्काल फिर्ता लिन माग गर्दै गरुडामा रहेको नगरपालिकाको कार्यालय अगाडि विभिन्न प्ले कार्डसहित विरोध प्रदर्शन गरेका छन्। 

गरुडा नगरपालिकाले नमुना माध्यमिक विद्यालय गरुडाका प्रधानाध्यापक प्रभु पटेल, माध्यमिक विद्यालय श्रीपुर नयाँ गम्हरियाका प्रधानाध्यापक रामाधार पासवान र माध्यमिक विद्यालय गेडहिगुठ्ठीका प्रधानाध्यापक जंग बहादुर ठाकुरलाई सरुवा गरेको छ । 

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech