प्रदेश-१ का मुख्यमन्त्री कार्कीले आज शपथ लिदै

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-९-२५ गते   ३३९४ पटक हेरिएको

काठमाडौं - प्रदेश-१ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएकाे छ । उहाँले साेमबार दिउँसो २ बजे शपथ ग्रहण लिनु हुने भएकाे हाे ।

उहाँलाई आइतबार साँझ मात्रै प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रमुख खापुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्नुभएका कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।


कार्कीले ९३ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जनता समाजवादीका १ गरी ६० प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्रीमा नियुक्तिका लागि दावी पेश गर्नुभएको थियो ।

कार्कीले साेमबार नै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गर्नुभएको छ । तर, भागबण्डा नमिलेका कारण कुन पार्टीले कुन मन्त्रालय पाउने र कसले प्रतिनिधित्व गर्ने टुंगो लागेको छैन।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech