जनमतद्वारा खानेपानी मन्त्रालय अस्वीकार

रेडियो जुनतारा डेस्क    प्रकाशित: २०७९-१०-३ गते   १९७२ पटक हेरिएको

 माघ ३ गते ।
काठमाडौँ - जनमत पार्टीले खानेपानी मन्त्रालय अस्वीकार गरेको छ । भागबण्डामा जनमतलाई खानेपानी मन्त्रालय परेको भएपनि पार्टीले सो मन्त्रालयले अस्वीकार गरेको हो ।

खानेपानी मन्त्रीमा नियुक्त भएका जनमतका उपाध्यक्ष एवं प्रवक्ता अब्दुल खानले आफूले सो मन्त्रालयको कार्यभार नसम्हाल्ने बताए ।

उनले सरकारको नेतृत्वको गरेको दलले आफुहरुलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय दिने सहमति जनाएको तर, आज खानेपानी मन्त्रालय दिएकाले सो मन्त्रालय पार्टीले अस्वीकार गरेको बताए ।


सरकारले यो निर्णय फिर्ता नलिएसम्म सो मन्त्रालय आफू नजाने बताउँदै उनले सरकारलाई दिएको समर्थन पार्टीले कायम राख्ने कि फिर्ता लिने भन्ने विषयमा छलफलमा जुटेको बताए ।

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech