ममता शर्मा
महोत्तरी , फाल्गुन २८ गते
महोत्तरीको गौशालामा एक मोबाइल पसलमा आगलागी हुदा लाखौको क्षति भएको छ । गौशाला नगरपालिका वडा न.५ बजार स्थित रेडियो जुनताराको कार्यालयभन्दा अगाडी पट्टि रहेको आरोही मोबाइल सेन्टरमा आगलागी हुदा करिब २२ लाख बराबरको क्षति भएको हो ।

शनिबार राती करिब साढे ९ बजेको समयमा विद्युत सर्ट भएर आगलागी भएको पसल संचालकले जानकारी दिए । त्यस्तै पसलको संचालक देवेन्द्र साहकि श्रीमती अम्बिका साहको अनुसार आगलागीबाट ५ लाखको स्मार्टफोन , २ लाखको मोबाइल कभर , साढे दुइ लाखको मोबाइलको ब्याट्री , ३ लाखको मोबाइलको ग्लास , ५ लाखको मोबाइल मर्मत उपकरण , ३ लाखको स्टिकर मेशिन ,२ लाखको साउण्ड सिस्टम र किस्ता तिर्न राखियको नगद ६० हजार जलेर नष्ट भएको छ ।
आगलागी रातीको समयमा भएको र कसैले पत्तो नपाएको पसल संचालकको श्रीमती अम्बिकाको भनाइ छ आगलागीबाट कुनै पनि किसिमको मानवीय क्षति नभएको उनले बताइन ।
यस सम्बन्धि इलाका प्रहरी कार्यालय गौशालाले थप अनुसन्धान गरिरहेको छ । पसल संचालक देवेन्द्र साह केहि दिन अगाडी विदेशीए पछी पसलमा उनकी श्रीमती बस्दै आएकी थिइन् । उनको २ छोरी र १ छोरा छन् । छोराछोरीको पढाइ र जीविकोपार्जनको आधार नै उक्त पसल रहेको अम्बिकाको भनाइ छ ।

