ममता शर्मा
महोत्तरी , फाल्गुन २९ गते
महोत्तरीको गौशालामा त्रिभुवन मा. वि . मा १२ कक्षाको लागी भवन शिलान्याश कार्यक्रम सम्पन्न भएको छ । सोमबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले भवनको शिलान्यास गरेका हुन् ।

२ करोड ६६ लाख २ हजार ८ सय ९३ रुपैयाको लागतमा भवनको निर्माण सम्पन्न हुने जनाइएको छ । भवन निर्माणको जिम्मा काठमान्डौको भगत ग्रुप अफ कन्स्ट्रक्सनलाई दिइएको छ ।भवन निर्माणको समय १ वर्ष रहेको छ ।
कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतो , वडा न. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , पुर्व नगर प्रमुख शिवनाथ महतो , जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो उर्फ जीवन त्यागि ,विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकारलगायतको रोहवरमा भवनको सिल्यानास गरिएको थियो ।
