गौशालामा कृषि उपज सेन्टर निर्माण हुने

निरन्जन साह    प्रकाशित: २०७९-१२-१ गते   ४७०७ पटक हेरिएको

निरन्जन कुमार साह

महोत्तरी , चैत्र १ गते

महोत्तरीको गौशालामा कृषि उपज सेन्टर निर्माण हुने भएको छ ।  राष्ट्रिय योजना आयोगद्वारा विनियोजित ७ करोड ८१ लाख ३४ हजार ३ सय ७६ रकमको लागतमा सेन्टर निर्माण हुने जनाइएको छ ।  कृषि उपज सेन्टर निर्माणका निम्ति सान्दोर्जे निर्माण सेवा काठमान्डौलाई यो ठेक्का दिइएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।   निर्माण अवधि १८ महिना रहेको उनले बताए ।

 

गौशालामा तरकारी व्यापारीहरुलाई तरकारी राख्न समस्या भएकोले यस सेन्टरको निर्माण पछी सहजता हुने नगर प्रमुखको भनाइ छ ।  साथै तरकारी व्यापारी र कृषकहरुलाई तरकारी र फलफुल आयात र निर्यात गर्न सहज हुने ,२४ औ घण्टा तरकारीको उपलब्ध हुने उद्देश्यले सेन्टरको निर्माण हुन लागेको हो ।  

© Copyright 2023 Eradiojuntara.com. All rights reserved.
सस्तो नभई भरपर्दाे वेबसाईट बनाउन सम्पर्क : ९८०१०३५९०५
Design & Developed By : Journey For Tech