निरन्जन कुमार साह
गौशाला, चैत्र २८ गते
महोत्तरीको गौशाला नगरपालिकाले जग्गाको कित्ताकाट खुलाउने तयारी गरेको छ ।गौशालामा महिनौ देखि बन्द भएको कित्ताकाट खुल्ने भएको छ ।
कित्ताकाट बन्द भएको कारणले जनसमुदायलाई धेरै शास्ती भएको थियो ।कित्ताकाट खुलाउन नगरपालिकामा भू उपयोग वर्गीकरण सम्पन्न भएको नगरपालिकाले जनाएको छ । मंगलवार नगरपालिकाले पत्रकार सम्मेलन गरी भू उपयोग वर्गीकरणको प्रतिवेदन सार्वजनिक गरेको हाे ।गौशाला नगरपालिकाको यो कार्यले गौशाला नगर वासीको समस्या समाधान हुने नगर प्रमुखले विश्वास व्यक्त गरे ।
गौशाला नगरपालिकाका मेयर डा. दिपेन्द्र महतोको अध्यक्षतामा आयोजित जग्गा वर्गीकरण सार्वजनिकरण कार्यक्रम नगर उपप्रमुख रेनु कुमारी महतो, प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर केसी, नापी तथा मालपोत कार्यालयका प्रतिनिधि लगायतको उपस्थिति रहेकाे छ ।